‘सरकारको निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनायो’
सोमबार केन्द्रीय कार्यसमिति समिति बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले सिफारिस गरेको आममाफीले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए।
काठमाडौं, असोज ८ : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन्।
सोमबार केन्द्रीय कार्यसमिति समिति बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले सिफारिस गरेको आममाफीले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए।
बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आमामाफी दिएपछि अहिले सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ।
‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ। कानुन मन्त्री हुनुहुन्छ। अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ, पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए,’ उनले भने, ‘राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले भएको छ– आममाफीको सूची। यसमा सही नै भएको छ भन्ने देखिँदैन।’
सरकारको कामले गर्दा राष्ट्रपति संस्थालाई आलोचित गरेमा मानिसमा रहेको वितृष्णा बढाएर जाने भएकोले सरकार र पार्टीले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।