Kathmandu Press

प्यानल बनाएर चुनाव नलड्न ओलीले दिए चेतावनी

‘प्यानलाइज गर्ने दुइ फ्याकमा बाँढ्ने यो खालमा अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् हार जितलाई स्वीकार्नुस्।’
प्यानल बनाएर चुनाव नलड्न ओलीले दिए चेतावनी
Hardik ivf

काठमाडौं, असोज ८ : एमाले अध्यक्ष केपी ओलीले प्यालन बनाएर चुनाव नलड्न चेतावनी दिएका छन्। एमाले बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने चेतावनी दिए।

ओलीले प्यानल बनाएर चुनाव लडेको भेटिए उम्मेदवारी नै खारेज हुनसक्ने चेतावनी दिए । ‘चुनावमात्रै लोकतन्त्रको अभ्यास नभई मिल्नुपनि लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘चुनाव लड्नुस्, लड्न दिनुस्। स्वस्थ प्रतिस्पर्धा गर्नुस्। प्यानल बनाएर बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ।’

अध्यक्ष ओलीले उनले चुनाव भइसकेपछि हार जितलाई सहर्ष स्वीकार गर्न सक्नुपर्ने बताए। ओलीले भने, ‘प्यानलाइज गर्ने दुइ फ्याकमा बाँढ्ने यो खालमा अभ्यासहरू कसैले नगरून्। स्वस्थ प्रतिस्पर्धा गर्नुस् हार जितलाई स्वीकार्नुस्।’

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, असोज ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्