सरकारलाई कटाक्ष गर्दै ओलीले भने– सत्यसँग सिंग नजुधाउनुस् भाँचिन्छ
शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे।
काठमाडौं, असोज ८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई सत्यसँग सिंग नजुधाउन आग्रह गरेका छन्।
एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्य एउटै हुने बताउँदै सत्यसँग सिंग जुधाए भाँचिने बताए।
‘सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन,’ ओलीले भने, ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’
उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे। शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे।
प्रकाशित मिति: १६:१० बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











