Kathmandu Press

सभामुखलाई शिक्षक महासंघको ध्यानाकर्षण

शिक्षा विधेयक छलफलमा जानुपर्छ, ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखले आफ्नो तर्फबाट पूर्ण रूपमा पहल हुने विश्वास दिलाएको उनले बताइन्।
सभामुखलाई शिक्षक महासंघको ध्यानाकर्षण

काठमाडौं, असोज ८ : नेपाल शिक्षक महासंघले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षपत्र बुझाएको छ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीलगायतको प्रतिनिधिमण्डले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर सभामुख घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

पराजुलीले आफूहरुले सभामुख घिमिरेलाई सरकारसँग असोज ५ गते भएको सहमतिबारे जानकारी गराएको बताइन्। शिक्षा विधेयक छलफलमा जानुपर्छ, ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखले आफ्नो तर्फबाट पूर्ण रूपमा पहल हुने विश्वास दिलाएको उनले बताइन्।

‘विधेयक आउनुपर्छ तर हाम्रो मागहरू सम्बोधन हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो। त्यही सहमतिका बुदाँहरू हामीले यहाँ प्रस्तुत गरेका छौं,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘यो विधेयक छलफलमा जानुपर्छ फिर्ता हुनुहुँदैन। ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखको तर्फबाट पूर्णरूपमा पहल हुने बताउनुभएको छ।’

उनले यही अशोस ५ गते भएको वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट सहमति भएका कुराहरू सतप्रतिशत लागू गर्ने विषयमा सरकारको तर्फबाट विश्वास दिलाएको बताइन्।

‘संविधान संशोधन गर्ने कुरा छन् जुन स्थानीय तहहरूलाई एकल अधिकार दिएका छन् । शिक्षकहरूलाई त्यो पनि मान्य छैन। स्थानीय सरकारबाट शिक्षकहरूले धेरै प्रताणित हुनुपर्ने, ज्याजति व्यहोर्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘नेपाल शिक्षक महासंघ निरन्तर त्यो संविधान संशोधन भएर पनि स्थानीय तहमा त्यो अधिकार हुनुहुदैन् भन्ने पक्षमा हामी अझै छौं।’

उनले संसदमा गएको विधेयकसम्बन्धी विषयगत समितिका संसदहरूबाट त्यसलाई प्रष्टिकरण गर्ने र संशोधन गर्ने कुरामा पनि लागि रहने पनि बताइन्।

 

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्