Kathmandu Press

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य हाे : स्वास्थ्यमन्त्री बस्नेत

उनले देशको विकासको लागि काम गर्ने अठोट लिएको भन्दै आफूलाई काम गर्न कुनै पद जाला भन्ने डर नरहेको दाबी गरे।
फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य हाे : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असोज ८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा फार्मेसीभन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु दुर्भाग्य भएको बताएका छन्।
 
सोमबार काठमाडौंमा फार्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फार्मासिस्ट भनेर फार्मेसीमा नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको बताए।

‘फार्मेसीभन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु हाम्रो लागि अर्को दुर्भाग्य हो । हामीले हेर्दा जसको नामबाट फार्मासिस्ट भनेर फार्मेसीमा झुन्ड्याएको छ,’ उनले भने, ‘त्यो फार्मासिस्टले त्यो पसलको अनुहार नै जिन्दगी भर नहेरेको पनि फेला प¥र्यो।’

उनले देशको विकासको लागि काम गर्ने अठोट लिएको भन्दै आफूलाई काम गर्न कुनै पद जाला भन्ने डर नरहेको दाबी गरे।

‘गर्नुपर्छ भन्ने अठोट मसँग छ, काम गर्ने कुरामा कसैले के भन्ला, मन्त्री जाला, अप्ठ्यारो पर्ला, मुद्दा मामिला होला भन्ने मलाई मतलव छैन्,’ मन्त्री बस्नेतले भने।

 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्