Kathmandu Press

‘पार्टीको विधान परिवर्तन गर्नुपर्छ’

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता खड्काले विधान काम नलाग्ने भएको भन्दै त्यसलालाई परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताए।
‘पार्टीको विधान परिवर्तन गर्नुपर्छ’

काठमाडौं, असार ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता खड्काले विधान काम नलाग्ने भएको भन्दै त्यसलालाई परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताए।

‘अहिलेको हाम्रो विधानले काम गर्दैन । यो १४ जना पदाधिकारी र पार्टीको सभापति सहमतिमा हो या कार्यकारी हो?,’ उलने भने, ‘यो अर्को दुई वर्ष त जाला साथीहरू, तर १५औं महाधिवेशनमा जो साथीहरूको महत्वकांक्ष्न राख्नु भएको छ । तपाईंहरूले यसलाई नयाँँ तरिकाले लानुस्।’

उनले यो पार्टीको विधानलाई कुन तरिकाले लाने भन्नेबारे सभापतिले सोच्नुपर्ने बताए । नेतृत्वको धागो लामो हुने र पार्टी चलाउन निकै नै असजिलो हुने उनको भनाइ छ ।

खड्काले काठमाडौं बाहिरबाट आउने केन्द्रीय सदस्यलाई २/२ महिनामा आइरहन समस्या हुने बताए। ‘काठमाडौं बस्नेलाई त ठिकै छ । टाढा टाढाबाट आउनले तेल खर्च, होटल खर्च हेर्‍यौं भने यो त्यति व्यवहारिक हुँदैन,’ खड्काले भने ।

वर्षमा न्युनतम ३ पटक केन्द्रीय समिति बैठक बसाउन उपयुक्त हुने उनले राय दिए । २/२ महिनामा बस्दा बैठकमा राखिने धारणाहरु समेत कमि हुनसक्ने खड्काले बताए ।

 

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्