Kathmandu Press

सडकमै सुतेर राहत शिक्षककाे प्रदर्शन

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको माग छ।
सडकमै सुतेर राहत शिक्षककाे प्रदर्शन

काठमाडौं, असोज ८ : आन्दोलनमा रहेका राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्।

विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको माग छ।

rahat teacher1695628687.jpg

सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुले आरोप लगाएका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगाएतले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्