Kathmandu Press

कोशी प्रदेश सरकार विस्तार हुँदै, एमालेकै चार जना मन्त्री बन्ने

मुख्यमन्त्री कार्कीले मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउँदै छन्।
कोशी प्रदेश सरकार विस्तार हुँदै, एमालेकै चार जना मन्त्री बन्ने

मोरङ, असोज ८ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। उनले मन्त्रिपरिषदमा चार जना मन्त्री थप्ने तयारी गरेको गरेका छन्।

मुख्यमन्त्री कार्कीले एमालेकै चार जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मुख्यमन्त्री कार्कीले मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउँदै छन्।

कोशी प्रदेश सरकारमा एमालेकै तिलकुमार मेयाङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री छन्।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ।

 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्