Kathmandu Press

राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्छ : उपसभापति खड्का

‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाईई स्वीकार गरेको छु । सबै कुरालाई स्वीकार्नुपर्छ र जवाफ दिनुपर्छ, स्पष्ट पार्नुपर्छ,’ उनले भने ।
राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, असोज ८ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्ने बताएका छन्।

उनले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धै¥यताका साथ सुनेर प्रश्न गर्न आग्रहसमेत गरे। सोमबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्वीकारेको बताए।

‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाईई स्वीकार गरेको छु,’ उनले भने, ‘सबै कुरालाई स्वीकार्नुपर्छ र जवाफ दिनुपर्छ, स्पष्ट पार्नुपर्छ।’

उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूलाई पूरा कुरा सुन्नु आग्रह गर्दै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रह गरे।

शिक्षकहरूको आन्दोलनलार्ई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उनको भनाइ छ। उपसभापति खड्काले अब संसद्को  प्रकृयामा जाँदा सरकारकातर्फबाट दलको प्रमख सचेतकसँग छलफल गर्ने र संसद्मा समावेश गर्ने बताए।  

 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्