प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीचको द्विपक्षी वार्ता सकियो, नेपाल र चीनबीच१३ बुँदे समझदारी
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं, असोज ८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी लि छ्याङबीचको द्विपक्षीय वार्ता सकिएको छ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री दाहाल र समकक्षी छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन्।
यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेको बताइएको छ। चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन्।



प्रकाशित मिति: ११:४८ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











