प्रधानमन्त्री दाहालाई चिनियाँ सेनाले दियो ‘गार्ड अफ अनर’
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
काठमाडौं, असोज ८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।
केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ।


प्रकाशित मिति: १०:०२ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











