Kathmandu Press

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीच द्विपक्षीय वार्ता जारी

भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागी छन्।
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीच द्विपक्षीय वार्ता जारी

काठमाडौं, असार ८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता जारीछ।

प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री छ्याङबीच बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा भेटवार्ता भइरहेको छ।

यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए। उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ।

भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागी छन्।

भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ।

प्रकाशित मिति: ११:१० बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्