Kathmandu Press

अविरल वर्षाका कारणा धनगढी बजार जलमग्न

आइतबार रातिदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।
अविरल वर्षाका कारणा धनगढी बजार जलमग्न

कैलाली, असोज ८ : अविरल वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।

वर्षाका कारण सेती प्रादेशिक अस्पतालको वार्डमा समेत पानी पसेको छ । अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानीले डुबेपछि बिरामी र तिनका आफन्त समस्यामा परेका छन्।

पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका १, ३ र ४ वडामा बढी डुबान भएको बताइएको छ।

प्रकाशित मिति: १०:३० बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्