राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेका छौं : मन्त्री भण्डारी
उनले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएकाले बरु नीतिगत रुपले व्यवस्थापन गर्न आवश्यक रहेको बताए।1695569200.jpg)
काठमाडौं, असोज ७ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले राष्ट्रिय आप्रवास नीति बनाउने गृहकार्य गरिरहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक तथा श्रम रोजगार पत्रकारिता पुरस्कार २०८० हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आप्रवास नीति बनाउने अवस्थामा पुगेको भन्दै त्यसको लागि गृहकार्य गरिरहेको बताए।
‘हामी राष्ट्रिय आप्रवास नीति बनाउने अवस्थामा पुगेका छौं । त्यसका लागि गृहकार्य गर्दैछौं । यसमा सुझाव दिन विशेषज्ञ साथीहरू लाई आह्वान गछौं,’ उनले भने।
उनले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसकिने भएकाले बरु नीतिगत रुपले व्यवस्थापन गर्न आवश्यक रहेको बताए।
मन्त्री भण्डारीले भने, ‘तपाईं प्रकृतिलाई रोकेर रोक्न सक्नुहुन्न त्यसलाई व्यवस्थापन गर्नुपर्छ त्यस्तै किसिमबाट वैदेशिक रोजगारमा जानेलाई पनि व्यवस्थापन गर्नुपर्छ रोकेर रोकिँदैन त्यसलाई नीतिगत रुपले व्यवस्थापन गर्नुपर्छ।’











