Kathmandu Press

‘आन्तरिक एकता सवल नभए विकासको कुरा खोक्रो नारा मात्र हो’

अहिले मुलुकको आवश्यकता विकास र समृद्धि भएको बताउँदै उनले यसलाई अगाडि बढाउन नेपाली कांग्रेसलाई सवल र सक्षम बनाउनु पर्ने उल्लेख गरे।
‘आन्तरिक एकता सवल नभए विकासको कुरा खोक्रो नारा मात्र हो’
फाइल तस्बिर।

काठमाडौं, असोज ७ : कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलक शान्तिको बाटोमा नगएसम्म राष्ट्रियता सवल हुन नसक्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता सवल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुने बताए।

‘मुलक शान्तिको बाटोमा गएन भने हाम्रो राष्ट्रियता सवल हुन सक्दैन’ उनले भने, ‘राष्ट्रियता र आन्तरिक एकता सवल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुन्छ।’

अहिले मुलुकको आवश्यकता विकास र समृद्धि भएको बताउँदै उनले यसलाई अगाडि बढाउन नेपाली कांग्रेसलाई सवल र सक्षम बनाउनु पर्ने उल्लेख गरे।

सबै जात, धर्म, लिंग र भाषलाई संरक्षण र सम्बर्द्धन नगरेसम्म देश विकासको र समुदाय विकासको कुरा केवल खोक्रो नाराको रुपमा मात्र सीमित हुने उनले बताए।

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्