Kathmandu Press

जातका आधारमा होइन, व्यक्ति छानेर भोट हाल्नुपर्छ : सभापति देउवा

उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताएका छन्।
जातका आधारमा होइन, व्यक्ति छानेर भोट हाल्नुपर्छ : सभापति देउवा
फाइल तस्बिर।

काठमाडौं, असोज ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित भएको बताए।

उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताएका छन्।

‘व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको छ। मानिसले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हालिरहेका छन्,’ उलने भने, ‘जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेका छन्। हिजो अस्ति जातको कुरा भए पनि अब सबै हटिसकेको छ। यो राम्रो कुरा हो।’

सभापति देउवाले मुस्लिम समुदाय एकअघि बढे थुप्रै मुस्लिम समुदायका मानिसले चुनाव जित्ने बताए। ‘मुस्लिम दाजुभाइहरूले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरू चुनावमा मज्जाले जितेका छन्। धेरै साथीहरू चुनाव जितेका छन्। भोलि पनि जित्न सक्छन्,’ उनले भने।

 अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ। अहिले मान्छेले बुझेका छन्। जनताले जाति भन्दा पनि देशलाई सहयोग गर्नुभएको छ।’

पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गर्ने बताए।

 

 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्