Kathmandu Press

‘कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ’

कांग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताउँदै उनले देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको बताए।
‘कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ’

काठमाडौं, असोज ७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशनमा उनले संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्।

‘तपाइहरूले केही महत्वपूर्ण कुरा उठाउनुभको छ, जुन शिक्षासँग सम्बन्धित छ,’ महामन्त्री थापाले भने, ‘हामी संसदको सबैभन्दा ठूलो पार्टी हामीले सच्याउँदै गर्दा विधेयक सच्चिन्छ। यसलाई हामीले सच्याउनुपर्छ। कानूनसँग जोडिएका कुराहरु छन्।’

कांग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताउँदै उनले देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको बताए।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्