Kathmandu Press

चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री

आइतबार बेइजिङमा सम्बोधनका क्रममा प्रधामन्त्री प्रचण्डले उक्त भनाई राखेका हुन्। उनले संवोधनकाक्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसांख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको पनि बताए।
चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री

काठमाडौं, असोज ७ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्।

आइतबार बेइजिङमा सम्बोधनका क्रममा प्रधामन्त्री प्रचण्डले उक्त भनाई राखेका हुन्। उनले संवोधनकाक्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसांख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने समेत बताएका छन्। 

उनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा चीनले उच्च प्रगति गरेको पनि बताए। यस्तै, नेपाल चीन द्विपक्षीय व्यापार स्थिर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल दोस्रो वैदेशिक लगानीको स्रोत रहेको भनाई पनि राखे।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी चीनमा वस्तु निर्यातका लागि प्रयास गरिरहेका छौँ। हाम्रो उत्पादित क्षमता ध्यान, भौतिक पूर्वधारको विकास र गुणस्तरीय प्रमाणीकरण प्रणालीलाई सहजन बनाउनेतर्फ लागेका छौँ।’
 
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्