Kathmandu Press

राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा : मन्त्री शर्मा 

आइतबार काठमाडौंमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रम २०८० मा बोल्दै उनले यस्तो बताएकी हुन्।
राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा : मन्त्री शर्मा 

काठमाडौं, असाेज ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता दुवै क्षेत्र जोखिमपूर्ण यात्रा भएको बताएकी छन्। 

आइतबार काठमाडौंमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रम २०८० मा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘राजनीति र पत्रकारिता दुवै क्षेत्र जोखिमपूर्ण यात्रा हो। राजनीतिमा भन्ने गरिन्थ्यो, राम्रो हुँदा सिंहासनको राज कुरा मिलेन भने चपरीमुनि बास। पत्रकारिता पनि त्यो भन्दा कम छैन।’

त्यस क्रममा उनले सकारात्मक भन्दा नकारात्मक कुराहरु हाबी भइरहेको बताइन्।

पत्रकारिता नभई नहुने क्षेत्र हो तर त्यहाँ यात्रा गर्न सहज नभएको उनको भनाई छ। उनले सहजै प्रवेश गर्न सकिने तर टिकिरहन र यसैमा आफ्नो भविष्य देख्ने कुरा अप्ठयारो देखिएको बताइन्।
 
प्रकाशित मिति: १६:१८ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्