Kathmandu Press

सर्लाहीलगायत विभिन्न जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर : गृहमन्त्री

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो।
सर्लाहीलगायत विभिन्न जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर : गृहमन्त्री

काठमाडाैं, असाेज ७ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले विभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुराउने काम भइरहको भन्दै उहाले यस बिषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए। उनले धार्मिक संगठनको बैठक बोलाइएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै वैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताए।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्