Kathmandu Press

अनुसन्धानमा सीआईबीलाई कुनै पनि हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ 

अनुसन्धानमा सीआईबीलाई कुनै पनि हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं, असाेज ७ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको क्रममा सिआइबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन्। 

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीआईबी लाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए । 

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिदैन बरु तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरि अगाडि बढाउ भनेर कडा निर्देशन दिएका छौं। ’
सरकार अहिले जेल सुधारको अभियानमा भएको उनको भनाई छ । उनले त्यसको लागि कार्यसमिति बनाउने तयार गरिरहेको बताए ।  

उनले अहिलेको जेलको अवस्थालाई परिवर्तन गर्ने क्रममा ४ गुण बढि कैदीहरु भएका कारण असहज भएको बताए । 
 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्