Kathmandu Press

भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैको भ्रष्टाचारको दलदलबाट मुलुकलाई मुक्त गर्ने चाहना रहेको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासन तर्फ लैजान सबै एकाकार प्रतिबद्ध रहेको बताएका हुन्। 
भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ

काठमाडौं, असाेज ७ : कानुनमन्त्री धनराज गुरुङले भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासन तर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैको भ्रष्टाचारको दलदलबाट मुलुकलाई मुक्त गर्ने चाहना रहेको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासन तर्फ लैजान सबै एकाकार प्रतिबद्ध रहेको बताएका हुन्। 

उनले भने, ‘हामी कोही पनि यो मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाईरहन चाहदैनौं र भ्रष्टाचारको दलदलबाट यो मुलुकलाई मुक्त गर्न चाहान्छौं हामी सबै जना भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासन तर्फ लैजान हामी सबै एकाकार पनि छौं र प्रतिबद्ध पनि छौं। ’

उनले भ्रष्टाचार सम्बन्धी विधेयक अझै समृद्ध बनेर अगाडि बढ्ने जिकिर गरे। 
 
प्रकाशित मिति: १५:४२ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्