Kathmandu Press

भ्रष्टाचार उन्मूलन गरिदिने काम अख्तियारको हैन : मन्त्री शर्मा

भ्रष्टाचार उन्मूलन गरिदिने काम अख्तियारको हैन : मन्त्री शर्मा

काठमाडौं, असाेज ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम भ्रष्टाचार उन्मूलन गरिदिने नभएको बताएकी छिन्।  

आइतबार संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न आवश्यक रहेको बताएकी हुन्। 

‘अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने हैन। उसले भ्रष्टाचारका कारणहरू खोजी गर्ने हो। सिफारिस गर्ने हो। कानुन राम्रो र बाध्यकारी भयो भने धेरै कुरा नियन्त्रण हुन्छ  ।’ 

आयोगले भ्रष्टाचारका काण्डहरू खोजी दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको उनको भनाई छ।  
 

प्रकाशित मिति: १५:३९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्