Kathmandu Press

कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी

काठमाडौं, असोज ७ : कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको जानकारी दिएका छन्।

जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै उनले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी गराएका हुन्।
समितिले अनुशासन उल्लंघनको उजुरीमाथि अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको र पारदर्शी तरिकाले काम गरिरहेको दाबी उनको थियो।

अनुशासन समितिले महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेसँगै उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य गरिरहेको पनि उनले जानकारी दिए।

अनुशासनसम्बन्धी पार्टीको विधान पनि अस्पष्ट रहेकाले संशोधन गर्नुपर्ने माग उनले राखे।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्