Kathmandu Press

तीनवटा कानुन नबन्दा प्रदेशको औचित्यमाथि प्रश्न : मुख्यमन्त्री पाण्डे 

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रदेश संरचना बलियो बनाउन संविधानमा लेखिएअनुसार कानुन निर्माण र संशोधन यथाशीघ्र गर्न पहल गर्ने निर्णय गर्नुपर्ने माग मुख्यमन्त्री पाण्डेले गरे। 
तीनवटा कानुन नबन्दा प्रदेशको औचित्यमाथि प्रश्न : मुख्यमन्त्री पाण्डे 

काठमाडौं, असोज ७ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटा कानुनको अभावमा प्रदेशहरु काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्।

उनले कानुनको अभाव दर्शाउँदै प्रदेश संरचनाबारे पार्टीको धारणा समेत माग गरेका छन्। 

नेपाली कांग्रेस केन्द्रीय समितिमा आइतबार धारणा राख्दै मुख्य मन्त्री पाण्डेले संघीयताका विषयमा प्रश्न उठिरहेको पनि बताए। उनले कांग्रेस यस बिषयमा प्रष्ट हुनुपर्ने बताउँदै भने, ‘संघीयता हामीले संविधानमा लेखेका कारण आत्समात गरेका हौं वा हाम्रो यो चाहना पनि हो। यसलाई लागू गर्ने हाम्रो दृढ इच्छाशक्ति छ कि छैन ?’

उनले संविधानमा कल्पना गरे अनुसारको कानुन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको भनाइ पाण्डेको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश समायोजन सम्बन्धी कानुन, संघीय निजामती ऐन र जग्गा प्राप्तिको अधिकार सम्वन्धी कानुनको अभावले काम गर्न नसकिएको बताए।

कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रदेश संरचना बलियो बनाउन संविधानमा लेखिएअनुसार कानुन निर्माण र संशोधन यथाशीघ्र गर्न पहल गर्ने निर्णय गर्नुपर्ने माग मुख्यमन्त्री पाण्डेले गरे। 
 
प्रकाशित मिति: १४:५० बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्