Kathmandu Press

राहत शिक्षक आज पनि सडक आन्दोलनमा

शनिबारजस्तै आइतबारपनि माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित विरोध प्रदर्शन भइरहेको छ।
राहत शिक्षक आज पनि सडक आन्दोलनमा

काठमाडाैं, असाेज ७ : सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपछि कैयौं शिक्षक घर फर्किसक्दा पनि राहतलगायत केही थरी शिक्षकले भने सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। असोज ३ देखि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका शिक्षक घर फर्किएपछि आजदेखि विद्यालय खुलेर पठनपाठनसमेत सुरु भइसक्दा राहतलगायत शिक्षकहरू न्याय नपाएसम्म घर नजाने भन्दै सडक प्रदर्शनमै उत्रिएका हुन्।

382583698_3528584180736702_99110180797562602_n1695547304.jpg

नेपाल राहत शिक्षक केन्द्रीय समितिले भदौ २७ गते संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धराशायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेसागत हकहित विपरीत रहेको भन्दै बृहत् प्रदर्शन गरिरहेको छ।

382184325_3528585064069947_153682706200881874_n1695547303.jpg

नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीको नेतृत्वमा राहत शिक्षक समिति महासचिव कुमार बजगाईँ, बाल विकास शिक्षक समिति अध्यक्ष कृष्णकुमारी थापा, पेन्सन वञ्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की, महासचिव टीकाबहादुर खड्कालगायत शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन्।

381666110_3528584260736694_1884607780326901840_n1695547303.jpg

राहत शिक्षकलाई स्थायित्व गर्नुपर्ने, पेन्सन वञ्चित शिक्षकहरूलाई शिक्षा ऐन २०२८ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षकशिक्षिका लाई पेन्सनको व्यवस्था गर्नुपर्नेलगायता माग  राखी विरोध प्रदर्शन गरेका छन्। शनिबारजस्तै आइतबार माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित विरोध प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्