प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं, असोज ७ : प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन्। भोलि (सोमबार)देखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आइपिएसिसी) मा सहभागी हुन उनी भारत गएका हुन्।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति थियो। भारत प्रस्थान गर्नुपूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
कार्यक्रम सकेर उनी असोज ११ गते स्वदेश फर्किनेछन्। उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











