Kathmandu Press

गाँजाको वैधता माग गर्दै प्रदर्शन (तस्बिरहरू)

विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए। 
गाँजाको वैधता माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं, असाेज ६ : नेपाल फर्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ। आइतबार काठमाडौंको माइतीघरमा उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।

Photo (7) (1)1695543419.jpg

विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए। सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको  सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताए।

Photo (3) (1)1695543417.jpg

उनले भने, ‘गाँजा वैधानिक हुनुपर्छ भनेर हामीले सर्वोच्चमा मुद्दा दायर गरेका थियौं। त्यो मुद्दाको सुनुवाइ बारम्बार सरेपछि हामी सडक आन्दोलन आएको छौं।’अध्यक्ष गिरीले गाँजाचरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधी उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘चरेस भनेपछि मानिस नै डराउने अवस्था छ, तर सबैभन्दा ठूलो औषधी यही हो।

Photo (4) (1)1695543417.jpg

गाँजाको डाँठबाट घर बनाउन सकिन्छ, जुन ३/४ वर्ष टिक्छ। गाँजा व्यवसाय वैध गर्नुपर्छ, यो सबै औषधी उपचारको लागि प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलनमा छौं।’

Rhigendra Giri1695543420.jpg

Photo (9) (2)1695543419.jpg

Photo (5) (1)1695543418.jpg

Photo (6) (1)1695543418.jpg

Photo (11) (1)1695543417.jpg

Photo (2) (1)1695543417.jpg

Photo (4) (1)1695543417.jpg

Shiva Khadka 1695543416.jpg

Photo (10) (1)1695543416.jpg

Photo (3) (1)1695543417.jpg

Photo (8) (1)1695543420.jpg

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्