Kathmandu Press

आकस्मिक रुपमा सुशासन समितिमा डाकिए गृहमन्त्री श्रेष्ठ

श्रेष्ठलाई आइतबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आकस्मिक रूपमा बोलाइएको थियो।
आकस्मिक रुपमा सुशासन समितिमा डाकिए गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, असोज ७ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा डाकिएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीको मलंगवामा भएको धार्मिक असहिष्णुता रोक्न गृहकार्य भइरहेको बताएका छन्। 

श्रेष्ठलाई आइतबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आकस्मिक रूपमा बोलाइएको थियो। बैठकमा श्रेष्ठले केही समय यता नेपालको बहुजातीय बहुसांस्कृतिक एकतामा खलल पार्ने काम भइरहेको र त्यसलाई रोक्न मन्त्रालय लागिपरेको भनाइ राखे।

यस्तै धार्मिक साम्प्रदायिकता रोक्न विभिन्न धर्मका धर्मगुरुहरू बोलाएर बहुधार्मिक बैठक पनि बोलाएर धार्मिक सद्भाव कायम गर्न बिज्ञप्ति निकालेको जानकारी पनि गराए। 

समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले तराईका जिल्लामा धार्मिक दङ्गाको खतरा रहेको, सर्लाहीको मलंगवामा हिन्दु मुस्लिम द्वन्द्व बढेको, हिन्दुको घरमा घुसेर आक्रमण भएको भन्दै बैठकमा गृहमन्त्रीलाई बोलाउन माग गरेपछि आकस्मिक रुपमा बोलाइएको थियो। 
 

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्