Kathmandu Press

शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै शंकर भण्डारीकाे आपत्ति

कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागेको सूचना आफूले पाएको र त्यो कुरा सत्य भए सरकारले त्यसलाई रोक्नुपर्ने बताए।
शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै शंकर भण्डारीकाे आपत्ति

काठमाडौं, असोज ७ : कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै आपत्ति जनाएका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागेको सूचना आफूले पाएको र त्यो कुरा सत्य भए सरकारले त्यसलाई रोक्नुपर्ने बताए। शब्दकोशबाट  ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र जवाफ माग गर्न सभापतिसँग आग्रह गरे।

उनले अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दु राष्ट्रको पक्षमा निर्णयका लागि हस्ताक्षर गरेर दिए पनि सुनुवाइ नभएको भन्दै उनले विरोध जनाए।

हिन्दुराष्ट्रको एजेन्डा देशभरिका कार्यकर्ताको आवाज भएकाले मूल एजेन्डा बनाउनुपर्ने नत्र अप्ठ्यारो स्थिति आइपर्ने चेतावनी पनि उनले दिए।

नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा दिएको रिटमाथि बिहीबारको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले सो विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो।

यसअघि यही रिटमा सर्वोच्चले नै अन्तरिम आदेश जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्