Kathmandu Press

बेइजिङ पुगे प्रधानमन्त्री दाहाल, बिजनेस समिटलाई सम्बोधन गर्ने

राष्ट्रसंघको महासभामा सहभागी भएर शनिबार न्यसयोर्कबाट हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन्।
बेइजिङ पुगे प्रधानमन्त्री दाहाल, बिजनेस समिटलाई सम्बोधन गर्ने

काठमाडौं, असाेज ६ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन्।

राष्ट्रसंघको महासभामा सहभागी भएर शनिबार न्यसयोर्कबाट हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन्।

प्रधानमन्त्री दाहालले आज बेइजिङमा ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नेछन्। चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी–व्यवसायीको संस्था (सिसिपिआइटी) ले सम्मेलनको आयोजना गरेका हुन्।

सो लगानी सम्मेलनमा नेपाल र चीनका सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन्। सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुने बताइएको छ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गरिनेछ।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्