नयाँ पुस्तालाई पार्टीमा समेट्न नयाँ ढंगले अघि बढ्नुपर्छ : विनोद चौधरी
उद्योगपतिसमेत रहेका उनले केन्द्रीय समितिको जारी बैठकमा आफ्नो भनाइ राख्दै नयाँ रणनीतिका साथ लागे आउने निर्वाचनमा २० लाख युवा पाटीृमा थपिने दाबी गरे। तर पुरानै ढर्राले नयाँ पुस्तालाई समेट्न कठिनाइ हुने उनको भनाइ थियो।
काठमाडौं, असोज ७ : कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ पुस्तालाई पार्टीमा समेट्न नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उद्योगपतिसमेत रहेका उनले केन्द्रीय समितिको जारी बैठकमा आफ्नो भनाइ राख्दै नयाँ रणनीतिका साथ लागे आउने निर्वाचनमा २० लाख युवा पाटीृमा थपिने दाबी गरे। तर पुरानै ढर्राले नयाँ पुस्तालाई समेट्न कठिनाइ हुने उनको भनाइ थियो।
‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन्। सर्वोच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ,’ बैठकमा चौधरीले भने, ‘नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो? पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ५० लाखको नेतृत्व गर्न सकिन्छ कि सकिन्न?’
उनले पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए। कांग्रेसले राजनीतिक कुरा मात्रै नभए विकासको पनि कुरा पनि गरेर देशबाहिर जान बाध्य नेपालीलाई फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्ने उनले बताए। केन्द्रीय समितिको अर्को बैठकमा छलफलको प्रमुख एजेन्डा अर्थतन्त्र हुनुपर्ने सुझावउनको थियो।
‘उद्यमीको मर्म हामीले बुझ्न नसक्ने र नेपालबाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ,’ उनले भने।











