कांग्रेसका मन्त्रीले राम्रो काम नगरेको प्रदीप पौडेलको गुनासो
३५ प्रतिशत सटरहरु बन्द भएको, खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको बताउँदै उनले यसबारे सभापतिले सरकारले भन्नुपर्ने बताए।काठमाडौं, असोज ७ : कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको गुनासो गरेका छन्। आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने उनले यस्तो गुनासो गरेका हुन्।
उनले सरकारमा सहभागी हाम्रा मन्त्रीहरुले राम्रो गरे भनेर भाष गर्न पाएको गुनासो गरे। उनले भनले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ। राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइनँ । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन।’
पौडेलले देशको आर्थिक अवस्था दयनीय बनेको बताए। ३५ प्रतिशत सटरहरु बन्द भएको, खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको बताउँदै उनले यसबारे सभापतिले सरकारले भन्नुपर्ने बताए।
नेता पौडेलले अनुशासन समितिले पद्धति भन्दा बाहिर गएर आफूखुसी निर्णय गरेको उनले गुनासो गरे।
अघिल्लो बैठकले गरेका निर्णयहरु कार्यान्वयन भए–भएनन् भनेर समीक्षा गरिनुपर्ने उनले बताए। भातृसंगठनहरुको अधिवेशन सुनिश्चित गराउन पनि पौडेलले माग गरे।











