Kathmandu Press

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना 

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं, असोज ७ : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:४८ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्