Kathmandu Press

इन्द्रजात्राको लिंगाे राखिएकाे हनुमानढाेका परिसरमा दीप प्रज्वलन र पुजाआज [तस्बिरहरु]

हमुमानढोका ल्याइएको इन्द्रजात्राकाे लिंगोमा शनिबार साँझ स्थानीयले दीप प्रज्वलन गरेर पुजा गरेका छन्।
इन्द्रजात्राको लिंगाे राखिएकाे हनुमानढाेका परिसरमा दीप प्रज्वलन र पुजाआज [तस्बिरहरु]

काठमाडौं, असोज ६ : इन्द्रजात्राका लागि भक्तपुरको चित्तापोलदेखि ल्याइएको ३२ हातको लिङ्गो तानेर नगर प्रवेश गराइएको छ।

काभ्रेको नालास्थित जंगलको सो लिंगो भक्तपुरको सल्लाघारीबाट काठमाडौंको भोटाहिटीसम्म तानेर ल्याइएको थियो। शनिबार बिहान शुभसाइत गरी लिंगो भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका ल्याएको थियो।

हमुमानढोका ल्याइएको लिंगोमा साँझ स्थानीयले दीप प्रज्वलन गरेर पुजा गरेका छन्।

Photo (2)(7)1695481927.jpg

भाद्र शुक्लपक्ष एकादशी अर्थात् भदौ ८ गतेका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ भने द्वदशी अर्थात् भदौ ९ गते मंगलबार १०ः३७ बजे इन्द्रध्वोजत्थान हुनेछ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस  आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ । नेवार समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्ल पक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म नाचगान र रथजात्रा गरी मनाइन्छ।

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउने चलन छ।

Photo (5)(8)1695481926.jpg

Photo (9)(4)1695481924.jpg

Photo (7)(6)1695481924.jpg

Photo (4)(6)1695481926.jpg

Photo (3)(6)1695481927.jpg

Photo (8)(5)1695481928.jpg

Photo (1)(9)1695481923.jpg

Photo (6)(4)1695481924.jpg

प्रकाशित मिति: २०:५१ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्