दिपेन्द्रराज गिरीको पुस्तक ‘विधाता’ पुस्तक विमोचन
भक्तपुरमा आयोजित एक समारोहकाबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तक विमोचन तथा प्रतिष्ठान उदघाटन गरेका हुन्।
काठमाडाैं, असाेज ६ : सामाजिक अभियान्ता तथा लेखक दिपेन्द्रराज गिरीद्धारा लिखित ‘बिधाता–२’, ‘बिधाता–३’ र ‘बिधाता–४’ पुस्तकको विमोचन तथा ‘दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उदघाटन भएको छ।
भक्तपुरमा आयोजित एक समारोहकाबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तक विमोचन तथा प्रतिष्ठान उदघाटन गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले शारीरिकरुपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजको उदाहरणीय पात्र भएको बताए। ‘शारीरीकरुपमा मजबुद भएकाहरु काम गर्न अल्छी मान्छन, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ’ उनले भने।
गिरीद्धारा लिखित पुस्तक पठनिय, ज्ञानवद्र्धक र जानकारीमूलक भएको बताउदै पूर्वप्रधानमन्त्री ओलीले पुस्तकमा पछिल्लो केहि दशक यताका राजनैतिक, सामाजिक दस्तावेज संग्रहित रहेको आफुले पाएको बताए।
पूर्वप्रधानमन्त्री ओलीले आफुजस्तो स्पाइनल समस्या भोगिरहेकाहरुलाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान पनि सुरु गरेकोमा गिरीलाई धन्यवाद ज्ञापन गरेका थिए। ‘गिरीजीले प्रष्ठिाननै खोलेर आफुजस्तो शारीरिक अशक्तता भएकाहरुको जिवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ त्यो एकदमै प्रशशनिय छ’ ओलीले भने ‘यसमा सबैको सहयोगको खाचो छ, बास् तपाईहरुले आफ्नो मन लोभीचाहि नबनाउनुहोला।’
कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा प्रतिनिधीसभा सदस्य रामहरी खतिवडाले दिपेन्द्रराज गिरीजस्ता पात्रलाई सबैले उत्साह र उर्जा दिनुपर्ने बताए। ‘नेपाली राजनैतिक, सामाजिक परिघटनामा गिरीले गरेका टिप्पणी दुरदर्शी सावित भएका छन, उनको पुस्तकमा उल्लेख घटनाक्रमले त्यसलाई पुष्टि गर्छ’ उनले भने।
यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले आत्मबल र अठोट भए जस्तोसुकै कठिनाई पन्छाएर पनि सफल हुन सकिन्छ भन्ने उदाहरण गिरीले प्रस्तुत गरेको बताए।
सो अवसरमा देश र समाजमा विभिन्न माध्यमबाट विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वमुख्य सचिव डा. विमल कोइरालासहित वहालवाला सचिवहरु, पूर्वसचिवहरु, पूर्वप्रधानसेनापतिहरु, पुर्वप्रहरी महानिरीक्षकहरु, पूर्वन्यायाधिसहरु, विभिन्न अस्पतालका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु तथा संचारकर्मीहरु रहेका थिए।
नेपाली कांग्रेस भक्तपुरका सभापति तथा प्रतिनिधीसभा सदस्य दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम बरिष्ठ संचारकर्मी दिपक समिरले संचालन गरेका थिए। कार्यक्रममा प्रतिनिधीसभा सदस्यहरु, प्रदेशसभा सदस्य तथा मन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुसहित पूर्वप्रशाशक, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।
झण्डै २ दशकदेखि स्पाइनल इन्जुरीका कारण हिडडुल गर्न नसक्ने अवस्थामा रहेका गिरी निरन्तर लेखन र सामाजिक अभियानमा संलग्न छन्।












