Kathmandu Press

‘सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन’

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको कार्यक्रममा भट्टराईले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताए।
‘सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन’

काठमाडौं, असोज १६ : नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन्। समृद्ध मुलुकको जग नै शिक्षा भए पनि सरकार यस क्षेत्रमा गम्भीर नभएको उनको बताए।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आयोजना गरेको कार्यक्रममा भट्टराईले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताए। ‘हामी लगानी गर्दैनौं भने प्रतिफल कहाँबाट आउँछ, प्रतिफल नै खोजिराखेका छौं,’ उनले भने, ‘तर लगानी जति गर्नुपर्ने हो, त्यो सकेका छैनौं।’

भट्टराई आवश्यकताअनुसार शिक्षण पद्धती नै परिवर्तन गर्नुपर्ने उल्लेख गरे। ‘विद्यार्थी र शिक्षकमात्रै संलग्न भएर हुँदैन, अभिभावकहरुलाई हामी कत्तिको संलग्न गराउँछौं, त्यो ज्यादै महत्वपपूर्ण हुन्छ,’ उनले भने।

 

प्रकाशित मिति: २०:३३ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्