अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्छ : विप्लव
शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन्।
काठमाडाैं, असाेज ६ : नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन्।
संविधानले परिवर्तन र बिकासको माग गरेको र जनताको प्रतिविम्बीत गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए।
कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनको भनाइ छ। उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे।
विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे।