‘अहिले नै नेकपा एसले अर्को पार्टीसँग एकता गर्ने कुनै सम्भावना छैन’
आफ्नो पार्टीको अस्तीत्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृतिसंग एकताको गीत गाएर हिड्नुको कुनै अर्थ नरहेको भन्दै उहाले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे।
काठमाडाैं, असाेज ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा समाजवादी पेशागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरुको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसंग एकताको कुनै सम्भावना नरहेको बताएका हुन्।
आफ्नो पार्टीको अस्तीत्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृतिसंग एकताको गीत गाएर हिड्नुको कुनै अर्थ नरहेको भन्दै उहाले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे।
उहाले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए। अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्काएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशयी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे।
उहाले राजनीतिक व्यवस्थाको परिवर्तनसंगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राखे। त्यस्तै अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका बिषयलाई कार्यान्वयन गर्नु चूनौति रहेको बताए।











