Kathmandu Press

‘९७ वर्षको उमेरमा पनि यस्तो शक्ति मलाई कम्युनिष्टले दियो’

शनिबार काठमाडौंमा आयोजित जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारण सभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसिएसन दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘९७ वर्षको उमेरमा पनि यस्तो शक्ति मलाई कम्युनिष्टले दियो’

काठमाडौं, असाेज ६ : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफू कम्युनिष्टको सँधै ऋणी भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारण सभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसिएसन दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टीले एकछिन पनि फुर्सद नखिएको कारण आजसम्म पनि फुर्सद नमिल्ने शक्ति दिएको भन्दै कम्युनिष्टको सँधै ऋणी भएको उनले बताए ।

उनले भने, ‘म ऋणी छु कम्युनिष्ट पार्टीको मलाई दुःख कहिल्यै भएन कम्युनिष्टले मलाई राती पनि हिँडायो दिउँसो पनि एकछिन पनि फुर्सद दिएन । आज म ९७ वर्षको बुढो मानिस भएर पनि १ मिनेट फुर्सद छैन । यो शक्ति मलाई कम्युनिष्टले दियो ।’ 

देशमा अझै पनि बिरामीहरूले आफ्नो उपचार गर्न घर खेत बेचेर डाक्टरलाई खुवाउनु पर्ने अवस्था रहेको उनले गुनासो गरे । 
 
प्रकाशित मिति: १६:३६ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्