Kathmandu Press

टुहुरा गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने

असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उनले बताए।
टुहुरा गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने

काठमाडाैं, असाेज ६ : चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ।

असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उनले बताए।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो। विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो। प्रतिबेदनमा कोशीमा गैडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताए।

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन्।  चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाको बातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ। कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनु भयो। ती दुवै पोथी गैँडा हुन्। ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो।

अहिले पुष्पा करीब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन्। गैँडा पठाउन सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए। गैंडा पठाउन पुरानो खोरलाई पनि मर्मत गरिएको छ। पछिल्लो गणना  अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्यांक छ।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्