Kathmandu Press

शेखर कोइरालाले कारागार पुगेर भेटे बालकृष्ण खाण

खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा छन्।
शेखर कोइरालाले कारागार पुगेर भेटे बालकृष्ण खाण

काठमाडौं, असोज ६ : कांग्रेस नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।

काेइराला खाणलाई भेट्न आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेका थिए। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा छन्।

स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाणसँग आधा घण्टा कुराकानी गरेका थिए। भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्