इन्द्रजात्राकाे लिंगाे भाेटाहिटीबाट पुर्याइयाे वसन्तपुर (तस्बिरहरू)
काभ्रेपलाञ्चोकको नालास्थित जंगलको कािटएकाे साे लिंगाे भक्तपुरको सल्लाघारीबाट काठमाडौंको भोटाहिटीसम्म तानेर ल्याइएको थियाे।
काठमाडौं, असोज ६ : भाद्र शुक्ल अष्टमी अर्थात् इन्द्रजात्राका अवसरमार ठड्याइने लिंगो भोटाहिटीबाट वसन्तपुर क्षेत्रमा लाने दिन। आज भोटाहिटीबाट बिहान शुभसाइतअनुसार १० बजेर ३९ मिनेटमा भोटाहिटीबाट तान्न सुरू गरेर लिंगाे हनुमानढोका लगिएकाे हाे।
1695454018.jpg)
काभ्रेपलाञ्चोकको नालास्थित जंगलको कािटएकाे साे लिंगाे भक्तपुरको सल्लाघारीबाट काठमाडौंको भोटाहिटीसम्म तानेर ल्याइएको थियाे। भोटाहिटीमा र वसन्तपुरमा भक्तजनले त्यसको दर्शन गरेका छन्। भाद्र शुक्लपक्ष एकादशी अर्थात् भदौ ८ गतेका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ भने द्वदशी अर्थात् भदौ ९ गते मंगलबार १०ः३७ बजे इन्द्रध्वोजत्थान हुनेछ।
1695454018.jpg)
यसपालि असोज ११ गते इन्द्रजात्रा परेको छ भने असोज १५ गते राति ८ः१५ बजे इन्द्रध्वज पतन गरेपछि कार्यक्रम रहेको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ । नेवार समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्ल पक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म नाचगान र रथजात्रा गरी मनाइन्छ।
1695454017.jpg)
हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउने चलन छ। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएकाे बताइन्छ।
(1)1695454017.jpg)
(1)1695454017.jpg)
(1)1695454016.jpg)
(1)1695454016.jpg)











