Kathmandu Press

तटस्थ रहेर कर्म गर्न योगको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल 

आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अपरान्ह ४:३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान गरिने बताइएको छ।  
तटस्थ रहेर कर्म गर्न योगको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल 

काठमाडौं, असाेज ६ : सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अपरान्ह ४:३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान गरिने बताइएको छ।

Photo (1) (1)1695455377.jpgकार्यक्रममा राष्ट्रपति राम चन्द्र पौडेलले, जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्न पनि योगको आवश्यकता रहेको बताए। चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्न पनि योगको भूमिका रहने उल्लेख गरे। कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिइरहेका छन्। 

Photo (9)1695455416.jpg

गृह मन्त्रालयले ‘ध्यानद्वारा ऊर्जा जागरण कार्यशाला’लाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पुर्‍याउने चरणबद्ध अभियान तय गरेको छ।  

प्रकाशित मिति: १३:२८ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्