चीन पुगे प्रधानमन्त्री दाहाल
एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री दाहाललाई हाङजाओ विमानस्थलमा अवतरण केन्द्रीय जनसरकारका खेलकुदमन्त्री एवम् १९औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका थिए।
काठमाडौं, असोज ६ : प्रधानमन्त्री पुषपकमल दाहाल चीन पुगेका छन्। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाटै शनिबार बिहान चीन पुगेका हुन्।
एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री दाहाललाई हाङजाओ विमानस्थलमा अवतरण केन्द्रीय जनसरकारका खेलकुदमन्त्री एवम् १९औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका थिए।
प्रधानमन्त्री दाहाल चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।
प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेट्ने तालिका छ। दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् ।
सीसँगको भेटपछि प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभगाी हुने छन्।
प्रकाशित मिति: १०:५७ बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार