यसरी नियन्त्रणमा लिइयो मुगु सदरमुकाम गमगढी बजारमा लागेको आगो [तस्बिरहरु]
स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षती हुन सक्ने अनुमान गरिएको छ।![यसरी नियन्त्रणमा लिइयो मुगु सदरमुकाम गमगढी बजारमा लागेको आगो [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/cover1695440114.jpg)
काठमाडौं, असोज ६ : मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्रतिर शुक्रवार राति अन्दाजी १२ बजे आगलागी हुदाँ आठ घर जलेर नष्ट भएका छन्। आगो बिहान ४ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ्ग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको घर जलेर नष्ट भएको छ।
1695440139.jpg)
स्थानीय चुम्म बुढाका अनुसार उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षती हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा आगलागी भए पनि कुनै मानविय क्षति हुन पाएन हाल आगलागी नियन्त्रणमा आएको छ।
1695440147.jpg)
1695440149.jpg)
1695440149.jpg)
1695440145.jpg)
1695440137.jpg)
प्रकाशित मिति: ०९:११ बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











