दिउँसो कोशी, कर्णाली, बागमती र मधेशमा वर्षको सम्भावना

काठमाडौं, असोज ६ : शनिबार देशका थुप्रै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
कोशी, मधेश र कर्णाली प्रदेशका एकरदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिउसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा मौसम सामान्य बदली रहने छ भने देशका बाँकी भूभागहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, मधेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
प्रकाशित मिति: ०८:५७ बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











