Kathmandu Press

गमगढीमा भीषण आगलागी, ८ घर जले

शुक्रबार राति १ बजे लागेका आगलागीबाट ६ घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ।
गमगढीमा भीषण आगलागी, ८ घर जले
फाइल तस्बिर।

मुगु, असोज ६ : मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको पश्चिमी क्षेत्रतिर शुक्रवार राती अन्दाजी १२ बजे आगलागी हुदाँ आठ घर जलेर नष्ट भएका छन्।

सो आगो सुरक्षाकर्मी र स्थानीयले बिहान ४ बजे नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट जलेका घर धनीहरूको नाम तार्के लामा, सोनाम लामा, जङ्ग बहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा रहेका छन्।

आगलागीबाट के कति क्षति भयो भन्ने पूर्ण जानकारी पनि आइसकेको छैन।

प्रकाशित मिति: ०८:१० बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्