Kathmandu Press

मैले गरेको कामको जस बालेनले लिइरहेका छन् : ओली

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने बताए। उनले वर्तमान सरकारले अहिलेसम्म कुनैपनि महत्वपूर्ण काम गर्न नसकेको टिप्पणी गरे।
मैले गरेको कामको जस बालेनले लिइरहेका छन् : ओली

काठमाडौं, असोज ५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरुको सच्चा सेवक भएर काम गर्ने प्रवृत्तिले राष्ट्रको हित नहुने बताएका छन्।

शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन नसक्ने बताए। उनले वर्तमान सरकारले अहिलेसम्म कुनैपनि महत्वपूर्ण काम गर्न नसकेको टिप्पणी गरे।

‘राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सच्चा सेवक सदर भएर काम गर्ने प्रवृत्तिले राष्ट्रिय हित हुन सक्दैन्,’ उलने भने, ‘सरकार बनेको ९ महिनामा एउटा काम के भयो त?, ७४ मा यति समयमा ५०औं नयाँ ऐन बनिसकेका थिए।’

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भएका कामको जस समेत अरुले लिएको बताए । उनले काठमाडौंमा आफूले गरेका कामको जस समेत अहिलेका मेयरले बालेनले लिएको आरोप लगाए।

‘राति म टिकटक हेर्दै थिएँ, हामीले रोपेका बिरुवाहरू देखाएर एउटा मेयर मात्रै राम्रो मान्छे पर्यो भने यस्तो हुँदो रहेछ नि त भन्दै थिए,’ उनले भने, ‘मानिहरु ठूला ठूला भएको बिरुवाहरु देखाइरहेका छन्, बिजुली बजारको ब्रिज देखाइरहेका छन्, प्रचार यसरी भइरहेको छ, त्यो कसले बनायो ?’

उनले दिगो विकासका लागि जनशक्ति पलायनलाई रोक्नुपर्ने बताए । ‘नेपालमा अहिले बच्चाहरुलाई पढाउने हुर्काउने अनि काम गर्न सक्ने भएपछि बाहिर पठाउने भइरहेको छ, यो कामलाई रोक्नु पर्छ अनि मात्र दिगो विकासको सम्भावना छ,’ ओलीले भने।

 

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्