Kathmandu Press

सरकारसँगको सहमतिमा राहत शिक्षकको असहमति, छुट्टै आन्दोलन गर्ने चेतावनी

सरकारसँग आज भएको सहमतिमा आपूहरुको सहमति नभएको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।
सरकारसँगको सहमतिमा राहत शिक्षकको असहमति, छुट्टै आन्दोलन गर्ने चेतावनी

काठमाडौं, असोज ५ : आन्दोलनरत शिक्षकबीच शुक्रबार साँझ गृहमन्त्रालयमा भएको सात बुँदे सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन्।

राहत शिक्षकले सरकारसँग भएको सहमतिमा हस्ताक्षर गर्न असस्वीकार गरेका छन्। राहत शिक्षक केन्द्रीय समितिले शुक्रबार भएको सहमति सरकार र शिक्षक महासंघबीचको मात्र सहमति भएको बताएको छ।

Hardik ivf

सरकारसँग आज भएको सहमतिमा आपूहरुको सहमति नभएको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए। उनले आजको सहमतिले राहत शिक्षकको विषय सम्बोधन नभएपछि आफूहरु वार्ताबाट बाहिरिएको बताएका छन्।

सरकार र महासंघका प्रतिनिधिबीच भएको सहमतिका विषयमा आफूहरुले विज्ञप्ति निकालेर आफ्नो धारण राख्ने उनले बताए। उनले २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने आफूहरुको माग सुनुवाई नभएको बताए।

शिक्षक महासंघबाट अलग भएर आन्दोलन जारी राख्ने पनि उनले बताए।

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्